हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…
दोलखा / जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ? उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने हुँ म । म उनको श्रीमान हुँ । तपाईका पुलिस मेरो पछि लागेका छन् रे ।
...












