बुधबार प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्ने अधिकांश सांसदले नायिका थापालाई मुख्यमन्त्री लालबाबु राउतले यस अभियानको सद्भावनादूत बनाउन लागेको जानकारी प्राप्त हुन आएकोमा त्यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।
प्रदेशसभाको बैठक प्रारम्भसँगै शून्य समयमा बोल्दै प्रतिपक्षी दल कांग्रेस सांसद शिवचन्द्र चौधरीले सरकारको यो अभियान मुख्यमन्त्रीको निजी कार्यक्रम जस्तो बन्न थालेको आरोप लगाए।
‘थापाको नाम मधेसका महिलालाई थाहासमेत छैन्’, सांसद चौधरीले भने, ‘उनलाई अधिकांश मधेसी महिलाले चिन्दैनन् यस्तोमा उनलाई सद्भावनादूत बनाउनु उचित होइन।’ यो अभियानका लागि मधेस र भोजपुरा क्षेत्रबाट प्रतिनिधित्व गर्ने कलाकारलाई राख्नुपर्ने उनको भनाइ छ।
साथै यस अभियानका लागि प्रदेश सरकारको बजेटमा ८१ करोड रकम छुट्याइएको भएपनि यसको कार्ययोजनाबारे सदनलाई केही जानकारी नरहेको भन्दै सांसदले आपत्ति जनाएका छन्।
सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालकी सांसद सुरिताकुमारी साहले यो अभियान राम्रो भएपनि यसमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदलाई समावेश नगराइएको प्रति आपत्ति जनाइन्।
‘के हामी महिला सांसद मूर्ख छौं रु’, प्रश्न गर्दै भनिन्, ‘हामीलाई मुख्यमन्त्रीज्यूले अभियानका विषयमा जानकारी गराउन आवश्यक ठान्नु भएन्। किन रु’
उनले यस अभियानको प्रभावकारी कार्यान्वयनको लागि कम्तिमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३७ महिला सांसदलाई अनिवार्य संलग्नता गराउनु पर्ने माग गरिन्।
सत्तापक्षकै सांसद रानी शर्मा तिवारीले नायिका थापाको संलग्नताले आफूलाई आश्चर्यचकित बनाएको बताइन्। उनले भनिन्, ‘थापाको फाउन्डेशनले अभियानलाई सहयोग पुर्याउने विषयमा जानकारी पाएका हाँै तर, यदि प्रदेश सरकारले उनलाई विशेषदूत नै बनाउन खोजेको हो भने त्यसको हामी विरोध गर्छौँ।’
त्यस्तै, कांग्रेस सांसद सरस्वती चौधरीले थापाको संलग्नताले मधेसी कलाकारको उपेक्षा गरेको आरोप लगाइन्। ‘के मधेसमा क्षमतावान कलाकार छैनन् रु उनले अभियान प्रतिनै प्रश्न गर्दै भनिन्, ‘मुख्यमन्त्रीज्यूलाई पटक–पटक अभियानका लागि जिल्लामा तोकिएका संयोजकको नाम जानकारी गराउन माग गरेकी छु। तर, उनले विस्तारै थाहा पाउनु हुन्छ भन्दै टार्ने काम गर्नुभएको छ।’
नेकपा सांसद ज्वालाकुमारी साहले महिला सशक्तिकरणको नाममा ल्याइएको यो अभियान निकै आकर्षक भएपनि हालसम्मको अवस्था हेर्दा यसको बजेट दुरुपयोग हुने होइन भन्ने शंका उत्पन्न गरेको बताइन्। उनले भनिन्, ‘आफ्नालाई बाइपास र बाहिरकालाई आवश्यकता भन्दा बढी आदर सम्मान दिने कार्य शोभनीय होइन्।’
मुख्यमन्त्री राउतले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर छोरीको लागि स्वर्णिम नेपाल कार्यक्रम अन्तर्गत महिला हिंसा तथा बालविवाहविरुद्ध कार्यक्रम संचालन गर्दै आएको नायिका थापाको फाउण्डेशनले अबको दिनमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्रमोट गर्ने बताएका थिए। समाचार अन्नपूर्ण पोष्टमा छ ।








