निर्मला हत्या प्रकरण : पिडित एकातिर प्रहरी अर्कोतिर
काठमाडौं । महेन्द्रनगरका झन्डै ३० नागरिकसँग निर्मला हत्याकाण्डका अन्तरकथा, ढिलासुस्ती र निराकरणबारे नेपालले कुराकानी गर्दा सारमा सबैको जवाफ एउटै थियो, ‘बर्खास्त एसपी विष्ट र बम दिदीबहिनीबाट अनुसन्धान थाले वास्तविक हत्यारा पत्ता लाग्न सक्छ ।’ निर्मला प्रकरण सम्बन्धमा प्रहरीप्रति स्थानीय समुदायमा अविश्वास र आक्रोश चुलिँदो छ । प्रहरीले अनुसन्धानलाई गम्भीर रूपमा नलिएको र प्रमाण नष्ट पार्न अझ उद्यत रहे...












