जाजरकोट । छेडागाड नगरपालिका प्रमुख लालबहादुर महतारा हरेक दिन नगरपालिकाको कार्यालयबाट दिनको एकपटक सिधै चङ्खिलाको डाँडामा जाने गर्छन् । कार्यालय समयमा जंगलको डाँडामा जानु उनको रहर नभई बाध्यता हो ।

उनी हरेक दिन एकदेखि डेढघण्टामा डाँडामा समय बिताएर फर्कने गर्छन् । नगरपालिकाको कार्यालय रहेको स्थान छेडागाड नगरपालिकाको वडा नम्बर १२ मनघाटमा टेलिफोनले काम गर्दैन ।

कार्यालयबाट टेलिफोन सम्पर्क नहुने भएकाले नगर प्रमुख टेलिफोनको नेटवर्क खोज्दै चङ्खिलाको डाँडामा पुग्ने गरेका हुन् । ‘कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जाने गरेको छु,’ नगर प्रमुख महताराले भने । ‘बजारमा टेलिफोनले काम गर्दैन, डाँडामा पुगेपछि नेटवर्क आउँछ अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनुपर्छ,’ उनले भने । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia