आफ्ना देशका नेतालाई छाडेर भारतीयलाई ल्याएर कार्यक्रमको उद्घाटन
काठमाडौं, ८ असोज । थारु कल्याणकारी सभा (थाकस)को २२औं महाधिवेशन भावी नेतृत्व चयनका विषयमा तीव्र ध्रवीकृत भएको छ । थारुहरूको छाता संगठन थाकसको तीन दिने २२औं महाधिवेशन आइतबारबाट सुरु भएको छ।
सात दशकअघि जन्मिएको थाकसको महाधिवेशन कसले उद्घाटन गर्ने भन्नेमा थारु नेताबीच विवाद बढेको थियो ।
थाकसका यसअघिका महाधिवेशन राष्ट्र प्रमुख वा सरकार प्रमुखबाट उद्घाटन गरिएका थिए । संयुक्त राष्ट्रसंघीय महासभ...











