निर्मला हत्या प्रकरणः न्याय पाउनेमा फेरि शंका उब्जियो !

निर्मला हत्या प्रकरणः न्याय पाउनेमा फेरि शंका उब्जियो !
एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए। नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन्। बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरी...

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !
खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १...

मिश्रविरुद्व उजुरी परे नपरेको अझै गोप्य, उजुरी दिने आज अन्तिम दिन

मिश्रविरुद्व उजुरी परे नपरेको अझै गोप्य, उजुरी दिने आज अन्तिम दिन
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो । सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालयसमयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो । आजसम्म ...

संविधानका त्रुटीका कारण जिल्ला समन्वय समिति अपांङ्ग

संविधानका त्रुटीका कारण जिल्ला समन्वय समिति अपांङ्ग
काठमाडौं, २० भदौ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनकपुरमा आयोजना गरेको प्रदेशसभा समन्वय परिषदको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारबीच सहक...

लेवनान शान्तिका लागि ज्यान गुमाएका सेनाका परिवारलाई नागरिक सरह सुविधा

लेवनान शान्तिका लागि ज्यान गुमाएका सेनाका परिवारलाई नागरिक सरह सुविधा
काठमाडौं, २० भदौ ।  लेवनान सरकारले त्यहाँको शान्तिका लागि लड्दा वीरगति प्राप्त गरेका नेपाली सेनाका जवान तथा अधिकृतका परिवारलाई लेवनान नागरिक सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। चाहेमा लेवनान नागरिकता नै दिने निर्णय त्यहाँको सरकारले गरेको छ। लेवनानको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना लेवनानी समकक्षी याकुव रियाद सर्राफसँग गरेको दुईपक्षीय भेटवार्तामा ल...

सरकारको नयाँ नीतिले ५० हजार चेली घर फर्किन पाएनन्

सरकारको नयाँ नीतिले ५० हजार चेली घर फर्किन पाएनन्
दुबई (यूएई) २० भदौ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, ‘लौ भन्नुहोस्, हामीलाई कुन कानुन प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो ? ’ आचार्य अलमल्ल परे । उनीहरूले प्र्रश्न बर्साइरहे, ‘के हामीलाई सरकारले देशमै ५०–६० हजारको जागिर दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ? किन बाटो छेक्छ ? किन खुसी लुट्छ ?...

मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !

मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
नेपालको संविधान अनुसार मुलुकलाई अब मौलिक हकसम्बन्धी कानुनहरू बनाउन निकै चटारो भइसकेको छ । आगामी असोज २ गतेसम्म ती कानुनहरू बनाएर कार्यान्वयनमा ल्याइसक्नुपर्ने सरकारको दायित्व छ । प्रतिनिधिसभा विधेयक शाखाका उपसचिव अधिराज राईका अनुसार मौलिक हकसँग सम्बन्धित १३ वटा विधेयक प्रतिनिधिसभा र ४ वटा मौलिक हकसँग सम्वन्धित विधेयक विधेयक शाखामा दर्ता भएर प्रक्रियामा अघि बढेका छन् । आजको १४ दिनभित्रमा यी सबै प...

बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक !

बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक !
बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् ।उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही ...

फेसबुकको फन्दामा १५ दिनदेखि थुनामै

फेसबुकको फन्दामा १५ दिनदेखि थुनामै
काठमाडौँ, २० भदौ। प्रधानमन्त्री केपी ओलीको बिगारिएको फोटो फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन् । उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाएको छ । सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको संस्था फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले साइबर हयाकिङ र बैंकिक कसुरलाई नियन्त्रण गर्न विद्युतीय...

ट्राफिक नियम पालना नगरे खाजा र चकलेट !

ट्राफिक नियम पालना नगरे खाजा र चकलेट !
चितवन, २० भदौ । गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ । अचेल छड्के जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मं...
trusted online casino malaysia