काठमाडौं, २० भदौ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनकपुरमा आयोजना गरेको प्रदेशसभा समन्वय परिषदको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारबीच सहकार्य र अस्तित्वको पकिल्पना गरेका सोही भावन अनुरुप अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रदेशको विकास तथा प्रदेश सरकार र स्थानीय तह बीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा उहाँले प्रदेशको एकीकृत विकासका लागि आपसी सहयोग र समन्वय आवश्यक गरेको बताउनुभयो ।

संविधानले व्यव्स्था गरेको कतिपय प्रदेश र स्थानीइ तहबीच नङमासुको सम्बन्ध कायम रहेको भन्दै उहाँले प्रदेश र स्थानीय सरकारलाई एकअर्काको परिपूरक बनाउनुपर्ने उल्लेख गर्नुभयो । संघीयता अहिले कार्यान्वयनको चरणमा रहेकाले जनतामा  वितृष्णा बढ्ने कार्य कतैबाट हुन नहुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले कुनै प्रकारको कर वृद्धि नगर्न स्थानीय प्रमुख उपप्रमुखहरुलाई आग्रह समेत गर्नुभयो । जनतालाई सुशासनको अनुभूति हुने गरी कार्य गर्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई उहाँले आग्रह गर्नुभयो । प्रदेश भित्र भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकारले सुशासन आयोग गठन गर्न लागेको जानकारी समेत गराउनुभयो ।

संविधानका त्रुटीका कारण जिल्ला समन्वय समितिलाई अपांङ्ग बनाइएको बताउँदै त्यस समस्याको समाधान गरी जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन प्रदेश सरकार सकारात्मक रहेको राउतले बताउनुभयो । मुख्यमन्त्री राउतले विगत लामो समय देखी स्थानीय तहमा काम गर्दै आएका समाजिक परिचालकहरुलाई व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संघीय सरकारले गरेको बजेटको बााड भएको अव्यवहारिक रहेको बताउनुभयो । संघीयतामा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउनु पर्नेमा संघ सरकारले कुल बजेटको ७० प्रतिशत आफनै मातहतमा राखेर बेइमानी गरेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखहरु, स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिति रहेको थियो ।   समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia