ससेज बनाउन यसरी प्रयोग गरिन्छ कुहिएको मासु
पोखरा, ८ भदौ । नयाँ पुस्तामा मात्र होइन, पोखराका हरेक उमेर समूहमा ससेजको मोह देखिन्छ । अधिकांश पोखरेलीले खाजामा ससेजको प्रयोग गर्छन् ।तर, अधिकांशको रोजाइमा रहेको ससेज निर्माणमा गुणस्तरहीन दुर्गन्धित मासुको प्रयोग गरेर यहाँका उद्योगहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेका छन् ।
केही ससेज उद्योगले कुहिएको मासु प्रयोग गर्दै ससेज बनाएर बजारमा लैजाने गरेको खुलेको छ । जिल्ला अनुगमन समित...











