डिभिजन कार्यालयको लापरवाहीको कारण बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरा
रौतहट । गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । बाढीले रौतहटको ८० प्रतिशत भूभाग पूर्ण रुपमा प्रभावित बनेको थाहा हुँदाहुँदै पनि ती भत्किएको बाँध अझै पनि निर्माण हुन सकेका छैनन् । सो नदी नियन्त्रण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुर बाराको चरम लापरवाहीको कारण यसपालिको वर्षायाममा पनि सो क...












