काठमाडौँ, ९ जेठ । संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीले सर्वाधिक खोजी सुचीमा रहेका गोरे, भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।उनी काठमाडौंको गौरीघाटस्थ्ति आफ्नै घरनजिकबाट गलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन ।

पक्राउपछि गोरेले आफु सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो ।सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यवापत आफुले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।

पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले भने ।एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्, ती सदस्यले भने, प्रहरीसमक्ष मलार्य बचाईदिनुस् भन्दै रोए ।प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् । कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia