काम छोडेर गाउँपालिकाको जम्बो टोली विदेश भ्रमणमा, सर्वसाधारण जिल्ल
काठमाडौँ । पर्साको पटेर्वासुगौली गाउँपालिका प्रमुख र पाँचवटै वडाका अध्यक्षलगायत १५ जनाको टोली गत पुस २ गतेदेखि १० दिने विदेश भ्रमणमा निस्किएको छ । भ्रमण टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, लेखापाल, राजस्व तथा योजना फाँट, इन्जिनियर, सामाजिक विकास शाखाका कर्मचारी र कार्यापालिकामा मनोनित दुईजना सदस्य समेत सहभागी छन्। गाउँपालिकाका अनुसार गत पुस २ गते भ्रमणमा गएको टोली ११ गते फर्क...












