गण्डकी / गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् । प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्का शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरु भएको छ । उक्त कलेजमा पहिलो वर्षमा ९५ जना विद्यार्थी अध्ययनरत रहेकामा कलेज सञ्चालक र सीईओका छोराछोरीलाई सहभागी गराएर परीक्षा सुचारु गरिएको छ । परीक्षाको तालिका बिहान १० देखि २ बजेसम्म रहेको छ । प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हात रहेको विद्यार्थीहरुको दाबी रहेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, १२४ जनाद्वारा रक्तदान
इनरुवा — भोटेकोशी बाढीपीडित बिरामीहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापन गर्ने उद्देश्यले इनरुवामा आयोजित बृहत खुला रक...
सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनर...
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग
इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने नि...
इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता
इनरुवा – इनरुवा नगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.बीच नगरवासीलाई स्वास्थ्य उपचारमा...








