डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों नेसनल मेडिकल कलेजलाई दिईएको सम्बन्धन कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले चलखेल गरेको विषयमा ध्यानकर्षण गराउन विहीबार साँझ बालुवाटार पुगेका डा. केसीको टोलीले ...

चुनावको मुखैमा ३ करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

चुनावको मुखैमा ३ करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु
काठमाडाैं । कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागेकी हुन् । बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको...

नसाटिने भयो पुराना भारू, अब के हुन्छ?

नसाटिने भयो पुराना भारू, अब के हुन्छ?
काठमाडाैं। भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन । नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन। भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ । पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका क...

कर्मचारी मताधिकार विवाद : आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी

कर्मचारी मताधिकार विवाद : आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी
काठमाण्डाै । प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि धावा बोल्न खोजेको भन्दै एमालेनिकट निजामती कर्मचारी संगठन, कांग्रेसनिकट निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन र मधेसी दलन...

घरजग्गा किनबेचमा राजस्व छलीः पुँजीगत लाभकरमा झनै डरलाग्दो बेथिति !

काठमाण्डाै । सरकारले अनलार्यमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेशन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै बढी राजस्व छलेको देखिएको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेच विवरण अनलाईमार्फत निगरानी गर्न थालेपटि रजिस्टे«शन  शुल्कमा अर्बौ रुपैयाँ राजस्व छली हुँदै आएको खुलेको थियो । विभाग अकिकारीका अनुसार अनलाईनमा निगरानीका क्रममा...

कुन दलले कति सिट जित्छन् ? हेर्नुहोस यस्तो छ दाबी

१०० सिट कटाउने कांग्रेस दाबी नेपाली कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ । ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रत्यक्षतर्फ कम्तीमा सय स्थानमा जित्ने देखिएको छ,’ तथ्यांक संकलन समितिका संयोजकसमेत रहेका मुख्यसचिव पौडेलले भने, ‘६० स्थानमा जित पक्का...

कहाँ बस्ला प्रदेशसभा ?

कहाँ बस्ला प्रदेशसभा ?
काठमाडाैं । निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ। प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए...

अकुत आर्जनमा तानिए शर्मा , बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

अकुत आर्जनमा तानिए शर्मा , बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली
काठमाडाैं । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो । अख्तियारले अनुसन्धानका श...

क्यान्सरको उपचार धनी र गरिबलाई एउटै : अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने

क्यान्सरको उपचार धनी र गरिबलाई एउटै : अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने
काठमाडौं । क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल ९कार्यविधि० लागू गरेको हो ।केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ । विभागका निर्देशक डा भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तय...

रोल्पाका पुनद्वयः कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

रोल्पाका पुनद्वयः कसले मार्ला बाजी ? यस्तो छ अंकगणित
रोल्पा । केन्द्रीय राजनीतिमा प्रभावशाली रहेका वर्षमान पुन ‘अनन्त’ शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्ला रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता पुनसँग चुनावी प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन । यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका पुन वर्तमान सरकारमा सिंचाई राज्यमन्त्री छन् । पहिलो प...
trusted online casino malaysia