डा. केसीको स्थिती नाजुक

डा. केसीको स्थिती नाजुक
काठमाडौं, साउन २४ / प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् । डा. केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् ।अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

ठमेलमा अमेरिकी नागरिकको मृत्यु

ठमेलमा अमेरिकी नागरिकको मृत्यु
ठमेलस्थित एक होटलको भर्याङबाट लडेर गम्भीर घाईते भएका अमेरिकी नागरिक जोन ओल्फ फेयानाको आईतबार मृत्यु भएको छ । ६७ बर्षिया फेयनाको मनमोहन अस्पतामा उपचारका क्रममा मृत्यु भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

राजपा नेपालले पनि निर्वाचनमा भाग लिन सक्ने, असन्तुष्ट समूहको चर्को दवाव

राजपा नेपालले पनि निर्वाचनमा भाग लिन सक्ने, असन्तुष्ट समूहको चर्को दवाव
काठमाडौं । असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिन राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब परेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा चार दिनसम्म चलेको पदाधिकारी बैठकपछि आइतबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावमा भाग लिनुपर्ने दबाब परेको हो । बैठकको उद्घाटन सत्रमा हुँदै पार्टीका संयोजक महन्थ ठाकुरले सरकारले गरेको सहमतिअनुसार कुनै पनि माग पूरा नगरेकाले चुनावमा जान नहुने धारणा राख्नुभयो ...

सेनाको जेनेरेटर खरिदमा : प्रक्रिया मिचेर ठेक्का स्वीकृत

सेनाको जेनेरेटर खरिदमा : प्रक्रिया मिचेर ठेक्का स्वीकृत
काठमाण्डाै । नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिएको पाईएको छ ।  सेनाले साउन ९ मा करिब दस करोड रुपैयाँ बराबरको जेनेरेटर खरिदका लागि काठमाडौंस्थित मुक्तिनाथ ट्रेड कन्सर्नलाई छनोट गरेको थियो । सो कम्पनीलाई ठेक्का दिँदा कुनै निश्चित कम्पनीलाई ठेक्का पार्न आशयपत्र नै केरमेट गरेर संशोधन गरेको खुलासा भएको...

भट्टराईलाई फेरि चेतावनी !

भट्टराईलाई फेरि चेतावनी !
काठमाडौं । उपेन्द्र यादवको पार्टीसँगको एकता भाँडिएको रनाहामा रहेका डा. बाबुराम भट्टराई अब विवेकशील साझा पार्टीका संयोजक बन्लान त ? भट्टराईलाई संयोजकका रुपमा भित्र्याउनकै लागि संयोजक बिना नै दुई पार्टीका अध्यक्षहरु सहसंयोजकमा बसेर पार्टी एकीकरण गरेका कुराले नयाँ शक्ति पार्टीमा खुब चर्चा पाएको छ । विवेकशील साझा पार्टीमा गएका पूर्व माओवादी तथा नयाँ शक्तिका समेत नेता रहिसकेका मुमाराम खनालकै निर्णायक ...

सहसचिवको सरुवा कार्यान्वयन रोकियो, यस्तो छ सरुवाको सूची

काठमाडौं । सरकारको लापरबाहीका कारण सहसचिवको सरुवा कार्यान्वयनमा समस्या देखिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवास्ताका कारण सरुवा भएको चार दिन बितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । केही मन्त्री र उच्च राजनीतिक दबाब एवं हस्तक्षेपका कारण सरुवा सूची...

संसदीय समितिको प्रश्न : आयल निगमको जवाफ

काठमाडौं । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले आयल निगमको जग्गा खरिदसम्बन्धी अध्ययन गरिरहेको छ । निगमका प्रबन्ध निर्देशक गोपाल खड्काको नेतृत्वमा जग्गा खरिद गर्दा चलनचल्तीभन्दा तेब्बर बढी मूल्य हालेर एक अर्ब ६ करोड रुपैयाँ निगमलाई घाटा बनाएर भ्रष्टाचार गरिएको छ । समितिले प्रश्न राख्दा निगमका जवाफ यस्ता छन् : समिति : झापा, सर्लाही, चितवन, भैरहवालगायतका ठाउँमा ...

पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए

पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए
काठमाडौं । एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ । पार्टी एकता हुँदा १२ सांसद लिएर आएका राणा बाहिरिँदा १९ सांसद लगेर गएका छन् । आइतबार नै नयाँ दल दर्ताका लागि नेताहरू दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालगायत नेताहरूले निर्वाचन आयोगमा आवेदन द...

माओवादीमा बहस : एकता कि विघटन

माओवादीमा बहस : एकता कि विघटन
काठमाडौं । ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि सोच्न सकिन्छ ।’माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका जिल्ला इन्चार्जसहि...

जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे…

जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे…
ललितपुर । सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए । दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने । ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक/दुई जनासँग संवाद पनि गरे । त्यसरी संवाद गर्ने ती व्यक्ति यातायातमन्त्री वीरबहादुर बलायर थिए । मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अन...
trusted online casino malaysia