भरतपुर विवाद र सिलवाल प्रकरण किनारा नलाग्दासम्म श्रेष्ठ पदमै रहने
काठमाडौं । प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अझै पदमा बहाल छन् ।
नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता दिन चाहेका कारण पद नछाडेको महान्...











