काभ्रे । बनेपामा एकै परिवारका ४ जनाले आत्महत्या गरेको पाँच दिनपछि धुलिखेल–८ बडालगाउँमा एक दम्पत्तीले रुखमा पासो लगाएर आत्महत्या गरेका छन् ।
आफैंले लगाएको पाइन्ट र सल जोडेर पासो बनाई एउटै पासोमा धुलिखेल–८ घर भएका भैरव भनिने सोमप्रसाद बडाल र उनी कान्छी श्रीमती मनिषा दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए ।२८ वर्षका सोमप्रसादकी जेठी श्रीमती टीकादेवी बडाल स्थानीय बाल विनायक विद्यालयकी शिक्षिका हुन् ।आजको नेपाल समाचारपत्रमा खबर छ।








