अबोध दुईवर्षे बालिकाको हत्या प्रयास गर्ने पक्राउ
काठमाडौं । अभिभावकसँगको रिसइबी साँध्न दुई वर्षीया बालिकाको हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया टोलकी ४० वर्षीया कलावती देवी गिरीलाई प्रहरीले पक्राउ गरेको हो । कलावतीले दुई वर्षीया बालिकाको मुख र योनीमा कपडा कोचेर फालेको आरोपमा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।
घर अगाडि खेलिरहेकी बालि...












