फलामे छडमा ठगिँदै उपभोक्ता
काठमाडौं, १ फागुन । घर बनाउन अत्यावश्यक मानिने छड/डन्डीमा सर्वसाधारणहरु ठगिँदै आएका छन् । गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा छड उत्पादक कम्पनीले कम परिमाणमा बिक्री गर्दै आएको भेटिएको छ । क्षेत्रीय कार्यालय प्रमुख शशिभूषणकुमार यादवका अनुसार कम्पनीहरुले डन्डीमा लगाएको ‘एस हुक (फलाम बेर्न प्रयाग गरिने एस आकारको हुक)’ र ‘चुरा (डन्डी बाँध्न प्रयोग गरिने)’ सहितको तौल उपभोक्तालाई बिक्री गर्छन् । त...










