साउदी अरबबाट झिकाइँदै हत्या अभियुक्त
काठमाडौं । लक्ष्मी तिमल्सेनाका आँखा नओभाएका १८ वर्ष भइसके । त्यतिबेला उनी ठ्याक्कै १८ वर्षकै थिईन । उनलाई यकिन मिती याद छ, विस २०५५ कार्तिक १५ गते । बस्तुभाउ चराउन खेत हिडेका कास्की सिद्ध गाविस ७ निवासी उनका बाबु शिवराज थापाको बारीमै धारिलो हतियार प्रयोग गरी हत्या भयो ।
हत्यापछिको जाहेरी र लामो प्रहरी अनुसन्धानपछि कास्की जिल्ला अदालतले २०५७ बैशाख १९ उक्त हत्या सोही गाउका नारायण अधिकारीले गरेको ठह...











