काठमाडौं । कति वर्ष उमेर समूहकालाई युवा भन्ने विषयमा मन्त्रालयपिच्छे भिन्न–भिन्न परिभाषा छ । राष्ट्रिय युवा नीतिविपरीत केही मन्त्रालयले युवाको उमेरलाई आ–आफ्नै ढंगले व्याख्या गरेर कार्यक्रम सञ्चालन गरेका छन् । समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका तथा उनीहरूमा अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउने लक्ष्यसहित राष्ट्रिय युवा नीति ०७२ ल्याएको थियो ।

राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनेको छ । राष्ट्रिय युवा परिषद् ऐनले पनि १६ देखि ४० वर्ष उमेरलाई युवा भनेको छ । तर, अर्थ र कृषि मन्त्रालयले १८ देखि ५० वर्ष उमेर समूहलाई युवा मानेका छन् । अर्थ मन्त्रालयअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रमले १८ देखि ५० वर्ष उमेर समूहलाई युवा मानेर विनाधितो कर्जा दिने गरेको छ ।

कृषि मन्त्रालयले बनाएको राष्ट्रिय कृषिनीति २०६१ कार्यान्वयनमा छ । कृषिनीतिले १८ देखि ५० वर्षसमूहलाई युवा किसान मानेर अनुदान दिने गरेको छ । शिक्षित बेरोजगार युवालाई कृषि पेसामा आकर्षित गर्न कृषि व्यवसाय तथा सञ्चालन तालिमको व्यवस्था छ । व्यवसायका लागि लागत सहभागिताका आधारमा ४० हजारदेखि चार लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ । कृषि मन्त्रालयले एकदेखि ५१ दिनसम्मका तालिम निःशुल्क दिन्छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia