ठट्टा गर्दा ट्यांकरमा आगलागी, तीनजना घाइते

ठट्टा गर्दा ट्यांकरमा आगलागी, तीनजना घाइते
नेपालगन्ज। नेपालगन्ज कारकाँदोस्थित एक ग्यारेजमा रहेको ट्यांकरमा आगलागी भएको छ । वर्कसपमा कार्यरत एक मिस्त्रीले ख्यालख्यालमा पानी र डिजेलमा सलाई कोर्दा आगलागी भएको हो । प्रत्यक्षदर्शीका अनुसार बनाउनकालागि राकेश वर्कसपमा राखिएको सो ट्यांकरमा कामदारले ख्यालख्यालमा आगो लगाएका थिए । पानी र डिजेलमा आगलागी हुन्छ कि हुँदैन भन्ने जाँच गर्ने क्रममा डिजेल भएको पानीमा सलाई कोर्नासाथ नजिकै रहेको ना४ख २५०९ नम्...

एक किलो चामल नपाएपनि बित्यो दसैं

एक किलो चामल नपाएपनि बित्यो दसैं
जाजरकोट । हुनेखानेका लागि सधैं दसैं भए पनि हुँदा खानेका लागि मीठो–मसिनो खान र नयाँ कपडा लगाउन दसैं नै कुर्नुपर्ने बाध्यता छ । तर, यस वर्षको दसैंमा उत्तरी जाजरकोटको बारेकोट क्षेत्रका बासिन्दाले चाहेजस्तो मीठो मसिनो खान पाएनन् । बारेकोटको घाटस्थित खाद्य डिपोमा चामल बाँड्दा बाँड्दै सकिएपछि त्यहाँका बासिन्दाले एक किलो चामलसमेत पाउन सकेनन् । चामल नपाएपछि सो क्षेत्रका बासिन्दाको दसैं खल्लो भएको हो । र...

अपहरणपछि दसैंमा भाउजुको हत्या

उदयपुर। उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ सिरुवानीकी एक महिलाको अपहराण्पछि हत्या भएको छ । दसैंको सप्तमीका दिन नाटकीय रुपमा अपहराण्मा परेकी बेल्टार बसाहा नगरपालिका–२ सिरुवानीकी २७ वर्षीया भीमकुमारी कटुवालको मोरङको बेलबारी–६ स्थित बेतौनाको जंगलमा रहेको बेतना सिमसारमा लगी उनकै देवर सुवास कटुवालले हत्या गरेको सार्वजनिक भएको छ । देवर कटुवालले भाउजूलाई दाजुले सामान पठाइदिएको छ, इटहरीमा लिन आउनू भनेर...

कांग्रेस नेताको डेरामा चोरी

काठमाडौं। कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवको डेरामा चोरी भएको छ ।दशैंमा जिल्ला गएका बेला बानेश्वर शान्तिनगरस्थित उनको डेराबाट करिब तीन लाख रुपैयाँबराबरको धनमाल चोरी भएको हो । ढोका फुटाएर तीन चोला सुन, एउटा ल्यापटप, एउटा क्यामेरा र ८५ हजार नगद चोरी भएको नेता यादवले बताए । महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले अनुसन्धान सुरु गरेको छ । दशैंका बेला राजधानीमा एक दर्जनभन्दा धेरै स्थानमा चोरी...

शशांक फेरि बोले हिन्दूराष्ट्रका पक्षमा

काठमाण्डाै । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमतसंग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमतसंग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ छ ।‘मलाई लाग्छ, यो इस्यु९हिन्दूराष्ट्र० अहिले उठेको छैन । तपाईंहरूले हिन्दूधर्मको विषयमा सोधिहाल्नुभयो । न कुनै धर्मसापेक्ष हुन्छ न कुनै धर्मनिरपेक्ष नै हुन्छ । न कुनै धर्म शून्य हुन्छ । धर्म त स्वतन्त्र हुन्छ...

४ कात्तिकमा दसैंको टीका !

मकवानपुर। नेपाली हिन्दूको ठूलो पर्व दसैं सकिइसकेको छ । तर, मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने चित्लाङ चार गाउँका गोपाली र गमाल जातिले भने ४ कात्तिकमा दसैंको टीका लगाउने भएका छन् । उनीहरुले यो वर्षको दसैं एक सातापछि मनाउने गरि सारेका हुन् ।गोपाली र गमाल समुदायले परम्परागत चम्पकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि नै दसैं परेकाले पछि सारेका हुन् । कात्तिक संक्रान्तिको आठौं द...

१२ वर्षसम्म मानिस नभेटिए‘मृत’

१२ वर्षसम्म मानिस नभेटिए‘मृत’
काठमाण्डाै । प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ ।कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि व्यक्तिका बारेमा कुनै सुचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था गरिएको हो । देवानी कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा केही विशेष अवस्थामा भने बेपत्ता भएको व्यक्तिलाई १२ वर्षभन्दा कम उ...

आश्रित पत्नी मायालाई घर

आश्रित पत्नी मायालाई घर
काठमाडौं। दासढुंगा दुर्घटना भएको २३ वर्षपछि जीवराज आश्रति पत्नी माया ज्ञवालीले नयाँ घर पाएकी छिन् । लामो समयदेखि माया चावहिलमा डेरामा बस्दै आएकी थिइन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । एमालेका तत्कालीन महासचिव मदनकी पत्नी विद्या भण्डारी भने अहिले राष्ट्रपति छिन् । एमाले काठमाड...

एमालेमा ‘थिंक ट्यांक’ प्रतिष्ठान बनाउँदै झलनाथ

एमालेमा ‘थिंक ट्यांक’ प्रतिष्ठान बनाउँदै झलनाथ
काठमाण्डाै । एमाले वरिष्ठ नेता झलनाथ खनाल पार्टीको स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठान निर्माणमा सक्रिय छन् । केन्द्रीय कमिटीले डेढ वर्षअघि दिएको जिम्मेवारीअनुसार खनाल ढिलोगरी प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् ।अध्यक्ष केपी ओलीबाहेक एक सय ८३ केन्द्रीय नेता भूगोल र विभागीय काममा सक्रिय रहे पनि लामो समय बित्दा पनि खनालले पाएको जिम्मेवारीअनुसार प्रतिष्ठानले आकार ग्रहण गरेको थिएन ।  त्यसलाई नि...

राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द
काठमाडौं । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् । केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावट बराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन (ग्रिड) पुगेपछि बन्द ...
trusted online casino malaysia