काठमाण्डाै । एमाले वरिष्ठ नेता झलनाथ खनाल पार्टीको स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठान निर्माणमा सक्रिय छन् । केन्द्रीय कमिटीले डेढ वर्षअघि दिएको जिम्मेवारीअनुसार खनाल ढिलोगरी प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् ।अध्यक्ष केपी ओलीबाहेक एक सय ८३ केन्द्रीय नेता भूगोल र विभागीय काममा सक्रिय रहे पनि लामो समय बित्दा पनि खनालले पाएको जिम्मेवारीअनुसार प्रतिष्ठानले आकार ग्रहण गरेको थिएन ।

 त्यसलाई निष्क्रियता या असन्तुष्टिको अर्थमा एमालेभित्र चर्चा हुन थालिरहेकै वेला खनाल दीर्घकालीन मार्गनिर्देशन गर्न सक्ने प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् ।१३ चैत २०७१ मा बसेको स्थायी समिति बैठकले खनाललाई प्रतिष्ठानको प्रमुख र केन्द्रीय सदस्य प्रमेश हमाललाई उपप्रमुखको जिम्मेवारी दिएको थियो ।

खनालले प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिको प्रस्ताव तयार गरेर स्थायी समितिमा बुझाएका छन् । पार्टीले त्यसलाई पारित गरेपछि प्रतिष्ठानले पूर्ण आकार ग्रहण गर्नेछ । उपप्रमुख हमालले नेता खनाल प्रतिष्ठानलाई आकार दिन सक्रिय रहेको र दसैँ–तिहारलगत्तै गठन भइसक्ने बताए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia