सभामुखले जोगाइन् ५६ लाख
काठमाडौं। खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसद्ले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसद्का समितिहरूमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामा मात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद् सचिवालयले जानकारी दिएको छ । समितिहरू, संसदीय दलको र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो । तर, गत भदौमा ७ लाख ६२ हज...









