काठमाडौं / दसैंका बेला यात्रुको बढ्दो चापलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडान संख्यामा उल्लेख्य वृद्धि गरेको छ । निगमले दसैंमा एक वर्षदेखि थन्किएका चिनियाँ जहाजसमेत सञ्चालनमा ल्याइ २२ आन्तरिक गन्तव्यमा उडान गर्न थालेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल २ ट्वीनअटर २ चिनियाँ जहाज छन्।
वाई १२–ई का प्रशिक्षक पाइलट पेनिटालाई तीन महिनाका लागि करारमा नियुक्त गरिएको छ । उनका लागि निगमले दैनिक ५ सय डलर खर्च गरेको छ । निगमले बुधबारदेखि भैरहवा, सिमरा, ताप्लेजुङ, काँगेलडाँडा, फाप्लु, लामिडाँडा, खानीडाँडा, रुकुम, चैरजहारी, भोजपुर, रुम्जाटार, थामखर्क, लुक्ला, नेपालगन्ज, सिमकोट, डोल्पा, बाजुरा, विराटनगर, धनगढी, पोखरा, भैरहवा तथा सिमरामा उडान गर्ने गरेको छ । आजको कारोबार दैनिकमा खबर रहेको छ।








