निगमको पहिलो उडान नै भरिभराउ

निगमको पहिलो उडान नै भरिभराउ
काठमाडौं । नेपाल वायुसेवा निगमले चार वर्षपछि बिहीबारदेखि युएईको दुबईमा पुन: उडान सुरु गरेको छ ।  निगमको संस्थागत विभागका अनुसार, बिहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलीपल्ट...

सरूवाका लागि मन्त्रालय र विभाग धाउँदै कर्मचारी

सरूवाका लागि मन्त्रालय र विभाग धाउँदै कर्मचारी
काठमाडौं ।निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयको अन्तरमन्त्रालयस्तरीय कर्मचारी सरुवा गर्ने समयावधि सकिएको छ । निजामती सेवा ऐनले प्रत्येक वर्षको साउनमा सामान्यलाई, भदौमा मन्त्रालय तथा विभागलाई र असोजमा क्षेत्रीयस्तरका कर्मचारीलाई कर्मचारी सरुवाको अधिकार दिएको छ।  निवेदन दिएका कर्मचारीहरू सरुवाका लागि केही दिनदेखि सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन् । नेपाल निजामती कर्मचारी संगठनल...

किन भयाे अकस्मात् इन्धनकाे हाहाकार ?

काठमाडौं । नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ। सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको खबर राजधानीसहित आज राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकामा मुख्य खबर बनेका छन्। बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो।  धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भने सूचना टाँस गरिएको थियो...

११ मन्त्रालयमा कांग्रेसले मंगलबार मन्त्री पठाउने

नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको छ ।  नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो ।  महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए।  व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो द...

दुई सय ८१ विदेशी निष्कासित

दुई सय ८१ विदेशी निष्कासित
काठमाडौं । एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको  छ। आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन्। बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन्। अध्यागमन विभागका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्।  डलर तस्करी तथा ओभरस...

वार्षिक भित्रिन्छ साढे दुई अर्बको काठ

वार्षिक भित्रिन्छ साढे दुई अर्बको काठ
काठमाडौं । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको छ । तर, नेपालले वार्षिक दुई अर्ब रुपैयााभन्दा बढीको काठ आयात गर्दै आएको छ। नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेको छ।  नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउाछन...

दुर्घटनाग्रस्त बसका चालक भन्छन्- मकैबारीमा लुकेर अस्पताल पुगेँ

दुर्घटनाग्रस्त बसका चालक भन्छन्- मकैबारीमा लुकेर अस्पताल पुगेँ
काभ्रे । गत साउन ३१ गते सोमबार कोरीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन्।  ‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,‘मेरो सोचाइ गलत भयो, बसको अन...

पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरि

पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरि
काठमाडौं । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ,’ विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्र...

ट्रमामा बस दुर्घटनाका घाइते भन्छन्- घर त जाने ! तर रोग बल्झियो भने…

ट्रमामा बस दुर्घटनाका घाइते भन्छन्- घर त जाने ! तर रोग बल्झियो भने…
काठमाडौं । काभ्रेपलाञ्चोक बिर्तादेउराली कोशीपारिमा साउन ३२ गते भएको बस दुर्घटनाका घाइते अस्पतालबाट डिस्चार्ज हुन मानिरहेका छैनन्।  घाइतेको उपचार गरिरहेको वीर अस्पतालको ट्रमा सेन्टरले सामान्य अवस्थामा आइसकेका बिरामीलाई घरमै आराम गर्नका लागि डिस्चार्ज गर्न खोज्दा उनीहरू घर जान अस्वीकार गरेको खबर छ।  बिर्तादेउराली–८ का घाइते रविन पहरीलाई अस्पतालले घरमै आराम गर्न भनेको छ ।  तर, उनीले आफूलाई घर जा...

कुहिने अवस्थामा राहतको चामल

कुहिने अवस्थामा राहतको चामल
काठमाडौं। बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ। खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको हाे।  अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् । क्षेत्रीइ खाद्य संस...
trusted online casino malaysia