काठमाडौं ।निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयको अन्तरमन्त्रालयस्तरीय कर्मचारी सरुवा गर्ने समयावधि सकिएको छ । निजामती सेवा ऐनले प्रत्येक वर्षको साउनमा सामान्यलाई, भदौमा मन्त्रालय तथा विभागलाई र असोजमा क्षेत्रीयस्तरका कर्मचारीलाई कर्मचारी सरुवाको अधिकार दिएको छ।
संगठनका अध्यक्ष मोहनकुमार घिमिरेले सुशासन ऐनअनुसार प्रशासकहरूले आफ्नो अधिकार प्रयोग गीर कर्मचारी सरुवा गर्न नसक्नु असक्षमता भएको बताए । उनले समयमै कर्मचारी सरुवा गर्न नसकेर नियमावली नै संशोधन गर्ने पद्धतिले कुशासन निम्ताउने दाबी गरे।
माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष हरि रावलले मन्त्रालयका प्रशासनिक नेतृत्वलाई नियमित सरुवा गर्ने अधिकार हुादाहुादै निर्धारित समयमा सरुवा गर्न नसक्नु कमजोरी भएको बताए । ‘सरुवा गर्न त्यस्तो भ्याकुमको अवस्था थिएन, तर त्यस्तै अवस्था बनाइयो त्यो गलत थियो,’ रावलले भने । नेपाल निजामती कर्मचारी युनियन (संघ)का पूर्वमहासचिव शरद अधिकारीले साउनमा गर्नुपर्ने नियमित सरुवा हुन नसक्नु गलत भएको बताए । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ।








