७५ लाख विद्यार्थी स्कुल जान पाएनन्
काठमाण्डाै ।अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरु सोमबार पढ्न जान पाएनन्। अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो–शैक्षिक हड्तालका कारण आज स्कुल बन्द रहनेछ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले देशभर शैक्षिक संस्था ठप्प पार्दा ७५ लाख बढी विद्यार्थी स्कुल जान बञ्चित भए। आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्त...









