एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा

एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा
काठमाडौं / नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन्।  पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन्। दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा दिए। यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बत...

बारले राष्ट्रपतिलाई उक्सायो, ‘दललाई दबाब देऊ’

राष्ट्रपति विद्यादेबी भण्डारीले आफ्नो सीमाभित्र रही संसदको नियमावली बनाउने कार्यमा पहल गर्ने कानुन व्यवसायीहरुलाई बचन दिएकी छिन्।  नियमावली नभएका कारण हेरक क्षेत्रमा नियुक्ति प्रक्रिया अड्किरहेका  बेला राष्ट्रपति भण्डारीले आफ्नो सीमाभित्र रही त्यसबारेमा आफूले पहल गर्ने बचन दिएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतमले जानकारी दिए।  राष्ट्रपति भण्डारीसँग बुधवार नेपाल बारका पदाधिकारी र सदस्...

कार्यालयमै बसेर काज, लुटिँदै डेढ अर्ब

उच्च तहका कर्मचारीको गैरजिम्मेवारीका कारण अनुगमन र मूल्यांकनका नाममा तल्लो तहका निजामती कर्मचारीले राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ लुटिरहेका छन्।मन्त्रालयका सचिव र कार्यालयप्रमुखले निकट सम्बन्ध रहेका कर्मचारीलाई विभिन्न जिल्लामा काज भ्रमण पठाएको देखाएर राज्यकोष लुटाएका हुन्।  सरकारले प्रत्येक वर्ष बजेटमा अनुगमन र मूल्यांकन शीर्षकमा १ अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गर्दै आएको छ। चालू आर्थिक ...

अस्थायी शिक्षक व्यवस्थापन: बिदाइ खर्च ४ अर्ब

अस्थायी शिक्षक व्यवस्थापन: बिदाइ खर्च ४ अर्ब
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ।  अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक विकल्प रोज्न दिने शिक्षा ऐन आठौं संशोधनसम्बन्धी विधेयकले व्यवस्था गरेको छ। गत शनिवार संसदले पारित गरेको उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।  विधेयकमा अस्थायी दरबन्दीम...

किर्ते गर्ने सचिव छुटाउन आन्दोलन

किर्ते गर्ने सचिव छुटाउन आन्दोलन
भारतीय नागरिकलार्इ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटहरी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन् ।  सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित बनेका हुन्।  मोरङको डायनिया गाविसमा रहँदा नागरिकता टोलीमार्फत २०७० सालमा भारतीय नागरिकलाई नागरिकता दिन सिफरिस गरेको ...

महानगर र उपमहानगरमा घरजग्गा रजिस्ट्रेसन दस्तुर बढ्यो

महानगर र उपमहानगरमा घरजग्गा रजिस्ट्रेसन दस्तुर बढ्यो
काठमाडौं । सरकारले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका र गाविसालई वर्गीकरण गरेरमहानगर र उपमहानगरको घरजग्गा रजिष्ट्रेसन दस्तुर बढाएको छ । यसअघि नगरपालिका र गाविस छुट्याएर रजिष्ट्रेसन दस्तुर अठाइँदै आएको छ । अबदेखि महानगरपालिकाभित्र राजिनामा, सट्टापट्टा र सगोलनामको लिखतको थैली अंकमा ५ प्रतिशत र उपमहानगरपालिकामा ४.५ प्रतिशत दस्तुर तिर्नुपर्ने छ ।  नगरपालिकामा भने पुरानै व्यवस्थाअनुसार ४ प्रतिशत...

बिश्वमा बढ्दाे ‘भाते क्रेज’

बिश्वमा बढ्दाे ‘भाते क्रेज’
काठमाडौं । चामल खपत बढ्दै गर्दा नेपाललगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदो गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजसनक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपयोग बढ्दै जाँदा मौज्दात घट्दै गएको निष्कर्श निकालेको छ । आर्थिक वर्ष ०१५/१६ मा कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ । आजको कारो...

क्यासिनोको बक्यौता अझै उठेन

काठमाडौं / देशभरका ९ वटा क्यासिनोको एक अर्ब ३९ करो रुपैयाँ बक्यौता उठाउने प्रक्रिया लम्बिएको छ । बक्यौता उठाउन पर्यटन विभागले केन्द्रीय तहसिल कार्यालय गुहारेकोमा कार्यालयले विभागको पत्र फिर्ता पठाइदिएको छ । पत्रमा विषयगत त्रुटीहरु रहेको कार्यालयको भनाइ छ । पर्यटन विभागले गत महिना ३५ दिने सूचना जारी गर्दै क्यासिनोहरुलाई बक्यौता तिर्न आग्रह गरेको थियो । तोकिएको समयभित्र बक्यौता नउठेपछि विभागले तहसि...

बिदेशमा सम्पति थुपार्ने २८ नेपालीमाथी अनुशन्धान सुरू

काठमाडौं । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ । अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति र कम्पनीमाथि छानबिन थालेको हो ।  समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ ।समिति सदस्य केन्द्...

न्यायाधीश सिफारिसको सुनुवाइ फेरि रोकियो

न्यायाधीश सिफारिसको सुनुवाइ फेरि रोकियो
काठमाडौं । सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीश सिफारिसको निर्णय अवैध  रहेको दाबीसहित दायर  भएको रिट निवेदनमा मंगलबार पनि सुनुवाइ हुन सकेन ।उक्त रिटमा सुनुवाइ गर्न सर्वोच्चले सोमबारनै रिट निवेदकलाई तारिख नतोकेपछि कानुन व्यवसायी आश्चर्यमा परेका छन् ।  दर्ता भएका रिटमा सुनुवाइ गर्न एकल इजलास नतोक्दा अरु सेवाग्राही पनि मर्कामा परेका छन् । सार्वजनिक सरोकारका त्यस्ता रिटमा सुनुवाइ हुँदा गैरसंवैधान...
trusted online casino malaysia