भारतीय नागरिकलार्इ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटहरी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन् । सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित बनेका हुन्।
पक्राउ गरेका गाविस सचिव देवलाई बिनासर्त हिरासत मुक्त गर्नुपर्ने माग राखेर गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङले आन्दोलन थालेको हो। मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया र स्थानीय विकास अधिकारी नारायण मैनालीलाई बुधवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले पक्राउ परेकी देवलाई तुरुन्त रिहा थर्न माग गरेका छन्।
गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङका अध्यक्ष नवराज पराजुलीले जनप्रतिनिधिको समेत काम गर्नै पर्ने बाध्यताका सचिवलाई पक्राउ गरेर राज्यले अन्याय पूर्ण व्यवहार देखाएको वताए। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।








