हिन्दीमा सपथ खानेहरुलाई झट्का : २ नम्बर प्रदेशमा सरकारी कामकाजको भाषा मैथिली बनाउने अभियान सुरु
काठमाण्डाै । नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउन र त्यहाँका सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ ।
मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिको जनकपुर बमकाण्डमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो ।२ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी काम...










