supreme1१९ फागुन, काठमाडौं। न्यायपरिषदले वरिष्ठताक्रम मिच्दै राजनीतिक पहुँचका आधारमा सात जना मुख्य न्यायाधीश र चार जना वरिष्ठ अधिवक्तासहित ११ जनाको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
मंगलबार राति ढिलो गरी सम्पन्न परिषद बैठकले दीपककुमार कार्की, केदार चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्लको नाम न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।सिफारिसमा परेका मध्ये, दीपककुमार कार्की, चालिसे, घिमिरे, खड्का, श्रेष्ठ, खतिवडा र भट्टराई पुनरावेदन अदालतका मुख्य न्यायाधीश हुन् भने हरिकृष्ण कार्की, सिन्हा, राउत र मल्ल वरिष्ठ अधिवक्ता ।

नेपाल बार एसोसिएसनमा अध्यक्ष रहँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका कार्की सत्तारुढ नेकपा एमालेसँग निकट अधिवक्ता हुन् । मल्ल पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिकतर्फ सभासद थिइन् । न्यायाधीशमा सिफारिस अर्का अधिवक्ता राउत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसनजिकका हुन् ।

न्यायपरिषदले सर्वोच्चमा न्यायाधीश छान्दा यसपटक मुख्य न्यायाधीशहरुको वरिष्ठताक्रम तोडेको छ । वरिष्ठताक्रममा पहिलो नम्बरमा रहेका दीपककुमार कार्की सिफारिसमा परेका छन् भने दोस्रो नम्बरका तेजबहादुर केसीलाई छाडिएको छ ।११, १२ र १३ नम्बरमा रहेका विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छनोटमा पर्दा चौथो वरिष्ठताका पुरुषोत्तम भण्डारी, पाँच नम्बरका शम्भुबहादुर खड्का, सात नम्बरका पोषनाथ शर्मा, नौ नम्बरका बमकुमार श्रेष्ठ र दस नम्बरका डम्बरबहादुर शाहीलाई छाडिएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia