भूकम्पपीडितले पठाए नेता र मन्त्रीलाई राहत
धादिङ , १३ पुस । विनाशकारी भूकम्प गएको ९ महिना लागि सक्दा पनि भूकम्पपीडितहरुको व्यवस्थापनमा उदासिनता देखाएको भन्दै धादिङका भूकम्पपीडितहरुले व्यङ्ग्य स्वरुप सरकार र विभिन्न दलका शीर्षस्थ नेताहरुलाई नगद राहत र न्यानो कपडा पठाएका छन् ।
वैशाख १२ गतेको विनाकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भई सदरमुकाम आसपासका शिविरहरुमा बस्दै आएका र दक्षिणी धादिङका केही प्रतिनिधि चेपाङ भूकम्पपीडितहरुले हस...









