दैनिक १४ वटा ट्रान्सर्फमर बिग्रन्छन, पुससम्म चार सय १४ जले

दैनिक १४ वटा ट्रान्सर्फमर बिग्रन्छन, पुससम्म चार सय १४ जले
पुष १० काठमाडौं–काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा दैनिक रुपमा १४ वटा विद्युत ट्रान्सर्फमर बिग्रने गरेको पाइएको छ । भारतको नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढ्दा लोड धान्न नसकी ट्रान्सर्फमर बिगि्रएका हुन । ट्रान्सर्फमर बिग्रँदा उपभोक्ताले लोडसेडिङ नभएका बेला पनि विद्युत नपाउने समस्या छ ।तर, नेपाल विद्युत प्राधिकरणको लैनचौर मर्मत केन्द्रले दुईवटा ट्रान...

एमाले मन्त्रीले महेश बस्नेतलाई भुरा भनेपछि

पुष १० काठमाडौं । उद्योग मन्त्रालयको जिम्मेवारीमा मन्त्री बनेका नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेका कारण मन्त्रालयका सबै गतिविधि ठप्पप्रायः भएका छन् । एमाले नेता माधवकुमार नेपालको सम्धी भएका कारण खड्ग ओली नेतृत्वको सरकारमा उनले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । माधव नेपालले आफ्नो कोटाबाट पाण्डेलाई मन्त्री बनाएका हुन् । भारतको नाकाबन्दीका कारण मुलुक तवाही बनेको छ । जनता दैनिक रूपम...

सहसचिवसहित पम्प सञ्चालकहरु जेल चलान

पुष १० काठमाडौं–रिमोट प्रविधिमार्फत पेट्रोल पम्पहरुको ठगीमा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह, नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मासहित पम्प सञ्चालक र मिस्त्रीहरु जेल चलान भएका छन् । गठी मुद्दामा अदालतले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सहसचिव हासलाई ललितपुर अदालतले तथा शर्मालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । रिमोट प...

नेपाललाई दीर्घकालीन रूपमा इन्धन दिन चीन इच्छुक

नेपाललाई दीर्घकालीन रूपमा इन्धन दिन चीन इच्छुक
पुष १० काठमाडौं– चिनियाँ उपराष्ट्रपति ली युआन छाले नेपालमा इन्धन ढुवानी गर्दा देखिएका समस्या समाधान गरेर दीर्घकालीन रूपमा इन्धन पठाउन सकिने बताएका छन् । ६ दिने चीन भ्रमण रहेका उपप्रधानमन्त्री कमल थापासँग ग्रेट हल अफ पिपुलमा भएको भेटमा उनले तत्कालका लागि भन्दा पनि दीर्घकालमा पूर्वाधार बनाएर ढुवानी गर्न सकिने बताएका हुन् । इन्धन खरिद सम्झौता नहुने चीनबाट तेल ल्याउने विषयमा धेरै चर्चा चले पनि ...

वीरगन्जका रिक्साचालक भन्छन्-गरिबका पेटमा लात नहान

वीरगन्जका रिक्साचालक भन्छन्-गरिबका पेटमा लात नहान
वीरगन्ज,पुस १० : हामी गरिब मान्छे । घरधनीले कोठाभाडा नलिई मान्दैन । ग्यास सकिएको छ । १८ रुपैयाँ किलो दाउरा किनेर पकाउनुपरेको छ,’ बर्दिबासबाट रिक्सा चलाउन वीरगन्ज आएका राजु कार्कीले भने, ‘हडताल भएयता कमाइ भएकै छैन । जसोतसो एक छाक मात्रै खाना खाने गर्‍या छु ।’ चार महिनादेखि जारी मधेस आन्दोलनको सबैभन्दा बढी मारमा रिक्साचालक परेका छन् । मधेसी दलको बन्द, हड्ताल र भारतको नाकाबन्दीका कारण बजारमा यात्र...

१० वर्षको उमेरमै विवाह

बाँके, पुस १०: मधेसी र मुस्लिम समुदायमा १० वर्षमुनिका बालबालिकाको पनि विवाह हुने गरेको छ । दाइजो, परम्परागत मान्यत र कानुनपैतिको अनभिज्ञताका कारण बालविवाहले निरन्तरता पाएको हो । ती समुदायमा सानै उमेरमा विवाह परम्पराजस्तै बनेको छ । अभिभावकहरु जिम्मेवारीबाट उन्मुक्ति पाउन र सामाजिक प्रतिष्ठा जोगाउने संस्कारले सानै उमेरमा विवाह गरिदिने गरेका छन् । १० वर्षमुनिका करिब २ हजार बालबालिकाको एक वर्षमा वि...

दुई मन्त्रालय थप्दा तीन अर्बको भार

दुई मन्त्रालय थप्दा तीन अर्बको भार
पुस १० काठमाडौं । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गरेका दलहरूलाई मन्त्रीमा भागबन्डा पुर्‍याउन दुई मन्त्रालय थपेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले महाभूकम्प र भारतको अघोषित नाकाबन्दीले ऋणात्मक हुन पुगेको मुलुकको अर्थतन्त्रमा बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढीको व्ययभार थप्दै जनसंख्या तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय थपेको हो । ओलीले मुलुकको आवश्यकताभन्दा ...

तीन महिनाको तालिम एक महिनामा सक्दा इजरायलको रोजगारी अनिश्चित

तीन महिनाको तालिम एक महिनामा सक्दा इजरायलको रोजगारी अनिश्चित
पुष ९ काठमाडौ । इजरायल सरकारले केयर गिभरका लागि नेपालबाट लैजान खोजेको कामदार पठाउने काम तालिम दिने संस्थाका कारण अनिश्चित बनेको छ । केयर गिभरको तालिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सूचीकृत गरेका संस्थाले तीनमहिने तालिम एक महिनामै सकेर तीनमहिने प्रमाणपत्र जारी गरेपछि इजरायलको रोजगारी अनिश्चित बनेको हो । इजरायल जाने केयर गिभरले अनिवार्य रुपमा तीनमहिने तालिम लिएको हुनुपर्ने नियम इजरायल सरका...

पौडेलसँग किन चिढिए सुशील कोइराला ?

पुष ९ काठमाडाैं । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले धनगढीमा राखेको कार्यक्रमलाई लिएर सभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेलसँग चिढीएका छन् । प्रतिष्ठानका सभापतिसमेत रहेका पौडेलले कोइराला उपचारका लागि अमेरिका गएकै मौकापारी कार्यक्रम तय गरेका थिए । आफूसँग सल्लाह नगरी प्रशिक्षण कार्यक्रममार्फत् चुनावी अभियानमा लागेको भनेर कोइराला पौडेलसँग रुष्ट भएका हुन्...

अाेहाे ! कति धेरै वार्ता ? कहिले हुन्छ सहमति ?

अाेहाे ! कति धेरै वार्ता ? कहिले हुन्छ सहमति ?
पुष ९ काठमाडौं । तराई मधेस आन्दोलन सुरु भएको एक सय ३० दिन पुगिसकेको छ । ३० साउनबाट सुरु भएको आन्दोलनले मुलुकका प्राय: सबै क्षेत्रमा असर पारे पनि मधेस आन्दोलन तत्काल सल्टिने सम्भावना देखिएको छैन । यसबीचमा सरकार र आन्दोलनरत पक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच जम्माजम्मी १८ पटक औपचारिक वार्ता भए । तीमध्ये १५ कात्तिक र २ मंसिरको वार्तामा भने मुख्य एजेन्डाले प्रवेश पाएका थिए । अन्य वार्ता भ...
trusted online casino malaysia