काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार

काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार
काठमाडौँ / काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ । यस्तै, नविकरण नभएका हतियारारे प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा...

नख्खु बम काण्डका मुख्य योजनाकार कठायत पक्राउ

नख्खु बम काण्डका मुख्य योजनाकार कठायत पक्राउ
काठमाडौं । ललितपुरको एनसेनको मुख्यालय नख्खुमा भएको बम विस्फोटन घटनाका मुख्य योजनाकार वीरबहादुर कठायत पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका कठायत जुम्लाका नेकपा बिप्लव समुहका उच्चस्तरीय नेता हुन् । गत फागुन १० गते बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । उक्त बम विस्फोटमा संल...

सच्याइयो सगरमाथाबारेको गलत सूचना

सच्याइयो सगरमाथाबारेको गलत सूचना
काठमाडौं । सगरमाथा चीनमा रहेको भनी इजरायलको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजारायलस्थित नेपाली राजदूतााबासले सच्याउन लगाएको छ । विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथामा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय ९० मिटर तल रहेको डेड सी (मृतसागर) भए पनि त्यहाँको होडिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूताबासले सच्याउन लगाएको ह...

किन टेर्दैन सरकारलाई एनसेल ?, ७ दिनभित्र ३९ अर्ब लाभकर तिर्न एनसेललाई पत्र

किन टेर्दैन सरकारलाई एनसेल ?, ७ दिनभित्र ३९ अर्ब लाभकर तिर्न एनसेललाई पत्र
काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई ७ दिनभित्र पुँजीगत लाभकर तिर्न पत्र पठाएको छ ।एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको हो ।सरकारले टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभकर ७ दिनभित्र तिर्न भनेको हो । सर्वोच्च अदालतले गत माघमा एनसेललाई कर तिराउन सरकारलाई आ...

गोरखामा अझै हटेन केटाले मन पराएपछि जबरजस्ती तानेर बिहे गर्ने प्रथा

गोरखामा अझै हटेन केटाले मन पराएपछि जबरजस्ती तानेर बिहे गर्ने प्रथा
काठमाडाैं । गोरखा बिहीमा ‘तान्ने प्रथा’ अझै हटेको छैन । समाचारका अनुसार उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीमा यो प्रथा हट्नको साट्टो बढ्दै गएको छ । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहे...

साउदीमा १५ हजार नेपाली बेरोजगार, ३ हजार अलपत्र

साउदीमा १५ हजार नेपाली बेरोजगार, ३ हजार अलपत्र
काठमाडौं । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ। कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो। आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

कर्मचारी समायोजनको मार स्थानीय तहमा

कर्मचारी समायोजनको मार स्थानीय तहमा
काठमाडौं / नुवाकोटको किस्पाङ गाउँपालिकाको तीनवटा वडा हेर्ने जिम्मेवारी पाउनुभएका एक सचिवले कर्मचारी समायोजनको आवेदन दिँदा संघ नै रोजेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ती कर्मचारी समायोजनपछि अहिले गाउँपालिकामा कर्मचारी अभाव भएको छ । कर्मचारी समायोजनले स्थानीय तहमा अपुग कर्मचारी पदपूर्ति गर्नुपर्ने थियो । तर, भएका कर्मचारी पनि संघमै समायोजन भएपछि अहिले स्थानीय तहमा अपुग कर्मचारीक...

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’
काठमाडौँ / नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, ...

नारायणी अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग सुटुक्क साटियो

नारायणी अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग सुटुक्क साटियो
वीरगञ्ज / नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् । महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० क...

विद्यार्थी भर्ना अभियान सुरुः ९१ हजार बालबालिका विद्यालय आउलान् ?

विद्यार्थी भर्ना अभियान सुरुः ९१ हजार बालबालिका विद्यालय आउलान् ?
काठमाडौँ / विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ । विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गइसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास...
trusted online casino malaysia