काठमाडौं । सगरमाथा चीनमा रहेको भनी इजरायलको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजारायलस्थित नेपाली राजदूतााबासले सच्याउन लगाएको छ । विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथामा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय ९० मिटर तल रहेको डेड सी (मृतसागर) भए पनि त्यहाँको होडिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूताबासले सच्याउन लगाएको हो।मृतसागर जोर्डन र इजरायलका बीच प्यालेस्टाइन टेरिटरीमा अबस्थित छ । विश्वसामु नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरायलमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गर्छन । त्यहाँ पुग्ने पर्यटकले यसभन्दा अघि विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको गलत सूचना प्राप्त गर्ने गरेका थिए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध सुनसरीमा शान्तिपूर्ण धर्ना
इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्याल...
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...









