पशुपतिनाथ बारे यी रोचक तथ्यहरू जुन तपाईलाइ थाहा नहुन सक्छ
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक मानिदै पनि अाएकाे छ । पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष...












