देशमा दिगो शान्तिको कामना संगै छठ पर्व सम्पन्न
काठमाडौ । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ ।कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अर्घ दिए ।यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ वि...












