इटहरीमा ‘सीप तथा रोजगार मेला’ सुरु
इटहरी — युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजित मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले आन्तरिक श्रम बजारको मागअनुसार सीप विकास गरी युवालाई स्वदेशमै रोजगारी ...












