स्ववियु चुनाव : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

स्ववियु चुनाव : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज (बिहीबार) प्रचारप्रसारको अन्तिम दिन हो । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । उम्मेदवारले आज मध्यरात...

पूर्वाञ्चल विश्वविद्यालयमा नर्वेजियन राजदुत : सहकार्य गर्न तयार छाै

पूर्वाञ्चल विश्वविद्यालयमा नर्वेजियन राजदुत : सहकार्य गर्न तयार छाै
 इटहरी । नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को भ्रमण गरेकी छिन् । नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको “क्लिनिकल कानूनी शिक्षा” कार्यक्रमको अवलोकन एवम् विद्यार्थी तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्न राजदूत पूर्वाञ्चल विश्वविद्यालय गएकी हुन् । राजदूत ड्रामदललाई पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनि...

सप्तरीमा १० वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद सजाय

सप्तरीमा १० वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद सजाय
सप्तरी । एक १० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले जन्मकैद सजाय सुनाएको छ । सप्तरीकै डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई अदालतले जन्मकैद सजाय सुनाएको हो । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैद हुने फैसला सुदाएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए । अभियुक्त साहले बालिकालाई २०७८ फागुन २२ गते दिउँसो...

मुख्यमन्त्री छड्केमा निस्किँदा अस्पतालमा भेटिएनन् निर्देशक, पदमुक्त गर्न निर्देशन

मुख्यमन्त्री छड्केमा निस्किँदा अस्पतालमा भेटिएनन् निर्देशक, पदमुक्त गर्न निर्देशन
जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद कुमार यादवलाई पदमुक्त गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री यादवले प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहलाई डा. यादवलाई अस्पतालको निर्देशकबाट हटाउन मौखिक निर्देशन दिएका हुन्।मुख्यमन्त्री यादवले सोमबार अस्पतालको छड्के अनुगमन गर्द...

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु
काठमाडाै । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु भएको छ। गएराति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार मतदान हुने दिनभन्दा ४८ घण्टा अगावैदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रशार निषेधको अवधि लागू हुने छ।निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १...

१२ वर्ष बित्याे अरूण खाेलामा बनेन पुल : वारी र पारी गर्न फेरी कै भर

१२ वर्ष बित्याे अरूण खाेलामा बनेन पुल : वारी र पारी गर्न फेरी कै भर
भोजपुर । १२ वर्षसम्म पुलको पर्खाइमा रहेका भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाले अरुण नदीमा फेरी सञ्चालनपछि केही राहत महसुस गरेका छन् । अरुण नदीको लम्सुवाघाटमा २०६७ सालमा थालिएको पुल अलपत्र बनेपछि झोलुंगे पुलको भरमा आउजाउ गर्दै अत्यावश्यक वस्तु वारपार गर्नुपर्ने बाध्यता थियो । दुई वर्षदेखि षडानन्द र खाँदबारी नगरपालिकाको बीचमा रहेको अरुण नदीको सतीघाटमा फेरी सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा पर्ने दिङ...

खाेटाङकाे सेखुवा–चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

खाेटाङकाे सेखुवा–चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग
खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) लामो सडक...

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ
काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासबाट बिदाइ गरिएको छ । नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरेका हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडे...

सिन्धुली बस दुर्घटना : मृत्यु भएका सबैको परिचय खुल्यो

सिन्धुली बस दुर्घटना : मृत्यु भएका सबैको परिचय खुल्यो
सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, ...

नेपाल आज पीएनजीसँग भिड्दै, लक्ष्य विश्वकप छनौट

नेपाल आज पीएनजीसँग भिड्दै, लक्ष्य विश्वकप छनौट
काठमाडौं । एक दिवसीय मान्यतालाई जोगाएको नेपाली क्रिकेट टिम अब विश्वकपमा सिधै छनोट खेल्ने एक मात्र लक्ष्यसहित मैदानमा उत्रदैछ । राजधानीमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आज (सोमबार) नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान ९ः३० बजेदेखि खेल शुरु हुनेछ । नेपालले निरन्तर जितको यात्रालाई अगाडि बढ...
trusted online casino malaysia