७.८८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, खाद्य र यातायात क्षेत्रमा अचाक्ली महँगी
काठमाडौं । माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार माघमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशतले बढेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचक...












