प्रदेश–१ को नाम कोसी राख्न कांग्रेस–एमाले एकमत : माओवादी लगायतले मानेनन् , सुरक्षा ब्यवस्था कडा
इटहरी । प्रदेश नम्बर–१ प्रदेशसभाको आजको बैठकमा प्रदेश–१ को नाम प्रस्ताव गरिने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभा सचिवालय आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सचिवालय पूर्वपट्टिको देवकोटा चोक र पश्चिममा अस्पताल चोकबाट सवारी आउजाउमा रोक लगाइएको छ ।
प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्ने वा भूगोलका आधारमा भन्ने विषयमा दलहरू विभाजित छन् । सोही कारण सम्भ...












