सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको स्वाब संकलन
इनरुवामा आज ४१ जनाको स्वाब संकलन गरिएको छ । इनरुवा अस्पतालमा सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरिएको हो ।प्रशासनले समुदायमा कोरोना फैलन नदिन लक डाउनमा कडाई गरेसँगै पीसीआर परीक्षणको दायरा समेत बढाएको छ । सोही अनुरुप इनरुवामा स्वाब संकलन गरिएको हो ।
कोरोना पोजेटिभ पाइएका महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हु...












