कोशीको बहाव घट्दै, धरानमा सर्दु खोलाले वृद्धलाई बगायो
इनरुवा। बिहानको तुलनामा सप्तकोशी नदीको बहाव क्रमशः घट्न थालेको छ । २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको बहाव घटेर २ लाख ३४ हजारमा झरेको छ । पछिल्लो अवस्थामा कोशी ब्यारेजका ३३ ढोका खोलिएका छन् । चतरा मापन केन्द्रमा समेत पानीको तह घटेको छ । चतरामा पानीको तह घट्न थालेसँगै कोशी ब्यारेजमा हुने मापनमा समेत कमी आउन थालेको छ ।
सुनसरी प्रशासनले सप्तकोशी नदीका सबै स्परहरु सुरक्षित रहेको र ब्यारेज प...











