सुत्केरी र गर्भवतीकालागि हरलिक्स र क्वाँटी
पौष्टिक आहार कार्यक्रम अन्र्तगत इनरुवामा रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई हरलिक्स र क्वाँटी वितरण गरिएको छ । नगरका सबै १० वटै वडामा रहेका गर्भवती र सुत्केरी महिलाका लागि इनरुवा नगरपालिकाको कार्यालयले पौष्टिक आहार उपलब्ध गराएको हो ।
उपप्रमुख जमुना गौतम पोखरेल सहित कार्यपालिका सदस्यहरु र वडाअध्यक्षले पौष्टिक आहार वितरण गरेका थिए । वडा कार्यालय मार्फत प्राप्त सूचीका आधारमा गर्भवती र सु...












