भारतीय बालिका अपहरणका आरोपी इनरुवाका दिनेश गुप्ता थुनामा
इनरुवा २२ भाद्र / भारतीय बालिका अपहरणका अरोपी दिनेश गुप्ता सहित चार जनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ ।
भारत विहार कटिहारकी ६ वर्षिया स्पर्श अग्रवालको अपहरणको संलग्नताका आधारमा पक्राउ परेका इनरुवाका गुप्ता सहित चार जनालाई सुनसरी अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएको हो ।पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा गुप्ता सहित इनरुवा ५ का होस्टेल संचालक रामवि...











