तीन दल भन्छन्–नाकाबन्दी हटाउ, मोर्चा भन्छ–सीमांकन सच्याउ
काठमाडौं, असोज १५ – मुख्य तीन दल र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भएपनि कुरा मिलिसकेको छैन । बिहीबार भएको वार्तामा तीन दलले तराईमा भैरहेको बन्द, हडताल र नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।
तर अझै विश्वासको वातावरण नबनेको मन्दै मोर्चाले बिरोधका कार्यक्रम यथावत रहने जनाएको छ । मोर्चाले उठाएको मागमध्ये समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन प्रणाली र नागरिकतबारेको विषय...




