काठमाडौं–तराई–मधेस द्रूतमार्ग निर्माणको काम २६ प्रतिशत पुरा

काठमाडौं–तराई–मधेस द्रूतमार्ग निर्माणको काम २६ प्रतिशत पुरा
काठमाडौं । काठमाडौं–तराई-मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ । आइतबार नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भ...

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, मीनबहादुरलाई २ कराेड ४६ लाख , अरूलाई कती ?

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, मीनबहादुरलाई २ कराेड ४६ लाख , अरूलाई कती ?
काठमाडाै । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको हो। कसलाई कति धरौटी? १) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख २) शिवजी भट्ट–३ लाख ३० हजार ३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजा...

सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले लियो बयान

सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले लियो बयान
काठमाडौं । हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरि...

जहाँ विपीका नाममा चार दशकदेखि खाली छ कोठा

जहाँ विपीका नाममा चार दशकदेखि खाली छ कोठा
चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ । ‘घर बनेपछि यो कोठामा विपी कोइराला बाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरी...

माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनुभएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छ...

६० किलाे सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु पक्राउ

६० किलाे सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु पक्राउ
काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा छन् । भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई शनिबार पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिएका छन् । योसँगै उक्त सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ । गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्स...

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
काठमाडौँ । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक परिमार्जन र संशोधनका लागि ...

स्याङजाकाे ‘देउपुजे ढुंगा’ जसलाई हिन्दू धर्मावलम्बी र बौद्धमार्गी दुवैले पुज्ने गर्छन

स्याङजाकाे ‘देउपुजे ढुंगा’ जसलाई हिन्दू धर्मावलम्बी र बौद्धमार्गी दुवैले पुज्ने गर्छन
स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुंगा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो । देउपुजे ढुंगालाई शिवलिङ्गका स्वरुप मानी शत्बीज छर्ने गरिएको छ । यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा भाकल पूरा हुने जनविश्वास रहिआएको देउपुजे ढुंगा पूजा सम...

बाँकेमा भ्रमणको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३४ जना घाइते

बाँकेमा भ्रमणको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३४ जना घाइते
बाँके । बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको भ्रमणको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बसमा ४१ जना सबार थिए। बर्दियाको ठाकुरबाबा ...

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ , काे काे बने मन्त्री ?

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ , काे काे बने मन्त्री ?
इटहरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ ग्रहण गरेका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्...
trusted online casino malaysia