भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ, नेपालमा तत्काल नघट्ने
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार म...












