बन्द हुने अवस्थामा झापाकाे ‘श्रव्य पुस्तकालय’

बन्द हुने अवस्थामा झापाकाे ‘श्रव्य पुस्तकालय’
झापा । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’ का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम...

कोभिडकालमा बन्द भएका अरू नाका खुले, अझै खुलेन ताप्लेजुङकाे टिपताला

कोभिडकालमा बन्द भएका अरू नाका खुले, अझै खुलेन ताप्लेजुङकाे टिपताला
ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दिनचर्यासमेत असहज बनेको छ । तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङग...

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह, ६ हजार ५सय १३ विधार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह, ६ हजार ५सय १३ विधार्थी दीक्षित
इटहरी।पूर्वाचल विश्वविद्यालयले आफ्नो ११ औं दीक्षान्त समारोह मनाएको छ । विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थी दीक्षित भएका छन् ।विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ ज...

कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई

कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई
विराटनगर । जनता समाजवादी पार्टीले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट पारेका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निक...

उर्लावारीमा अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड

उर्लावारीमा अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड
उर्लावारी ।मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेस्टमेन्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नगर्दा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानी...

कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन समस्या

कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन समस्या
इटहरी ।कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको पाइएको छ ।झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको जानकारी दिए ।त्यस्तै १३ प्रति...

झापामा हावाहुरीसहितको असिना पानीले लाखाैकाे क्षति

झापामा हावाहुरीसहितको असिना पानीले लाखाैकाे क्षति
झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ ।शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उहाँले भन्नुभयो, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।” झापाको कन...

खाेटाङमा ‘एक वडा, एक खेल मैदान’ को योजना अलपत्र

खाेटाङमा ‘एक वडा, एक खेल मैदान’ को योजना अलपत्र
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला) को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनर्निर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्र...

पथरी शनिश्चरेका कृषक रूद्रमणीकाे कथा : कागती खेतीबाट २० लाख आम्दानी…

पथरी शनिश्चरेका कृषक रूद्रमणीकाे कथा :  कागती खेतीबाट २० लाख आम्दानी…
पथरी । सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी । लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसाम...

मेची राजमार्ग : बर्खायाम शुरूहुन अगावै जमिन भासिन थाले

मेची राजमार्ग : बर्खायाम शुरूहुन अगावै जमिन भासिन थाले
पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेले इलामको माईखोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतीपूर्ण ...
trusted online casino malaysia