खाेटाङकाे सेखुवा–चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

खाेटाङकाे सेखुवा–चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग
खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) लामो सडक...

झापामा संगठन सुदृढ बनाउँदै माओवादी केन्द्र

झापामा संगठन सुदृढ बनाउँदै माओवादी केन्द्र
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क)ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमकाबीच पार्टीले औचापरिक रुपमा अभियान सुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गरे । जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।...

पाथीभरामा तीर्थयात्रीको आगमन बढ्यो

पाथीभरामा तीर्थयात्रीको आगमन बढ्यो
ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो । यहाँ बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तजनको समेत बढ्छ । यो वर्ष हिउँ कम परे पनि मन्दिरको दर्शनका लागि दैनिक सात सय बढी तीर्थयात्री ओहोरदोहोर गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । शनिबार र मङ्गलबारका दिनमा ...

पाेखराका पर्यटकहरूसंग झापामा पर्यटन प्रवर्दनबारे अन्तकृिया

पाेखराका पर्यटकहरूसंग झापामा पर्यटन प्रवर्दनबारे अन्तकृिया
झापा । झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया गरिएको छ । शुक्रबारदेखि भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरिक्रया गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै भएको बत...

उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो । घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहाद...

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई
मङ्गलबारे । इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त गर्‍यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त गर्‍यो । छ स्वर्ण, छ रजत र १० कास्य पदकसहि...

पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपूर्जा वितरण

पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपूर्जा वितरण
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । बिहीबार पथरीशनिश्चरे वडा नं–८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपूर्जा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गर्नुभएको हो । धनीपूर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, ग...

खाेटाङमा सिन्दुर हाल्नै लाग्दा राेकियाे बिवाह , बेहुला र अभिभावक प्रहरी नियन्त्रणमा

खाेटाङमा सिन्दुर हाल्नै लाग्दा राेकियाे बिवाह , बेहुला र अभिभावक प्रहरी नियन्त्रणमा
खाेटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिका ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ। स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मङ्गलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचम...

संखुवासभाकाे वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताकाे प्राण प्रतिस्ठा सम्पन्न (तस्विरहरू सहित)

संखुवासभाकाे वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताकाे प्राण प्रतिस्ठा सम्पन्न (तस्विरहरू सहित)
सङ्खुवासभा । सङ्खुवासभाकाे पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथिभरा माताकाे प्राणप्रतिष्ठा सम्पन्न भएकाे छ । फागुन २१ बाट सुरु भएकाे प्राणप्रतिष्ठा आज (विहिवार) समापन गरिएकाे हाे । पण्डित खेमनाथ दाहाल नेतृत्वकाे पण्डितहरुबाट विधिवत रुपमा देवीकाे प्राणप्रतिष्ठा गरिएकाे हाे । पहिलाे दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवकाे साथै अन्य देवी देवताहरुकाे प्राणप्रतिष्ठ...

इटहरीबाट माेटरसाइकल चाेरेर फरार भएका २ जना उर्लावारीमा पक्राउ

इटहरीबाट माेटरसाइकल चाेरेर फरार भएका २ जना उर्लावारीमा पक्राउ
इटहरी । इलाका प्रहरी कार्यालय पथरीले चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । उर्लाबारीको सिमसार क्षेत्रबाट उर्लाबारी ९ दुर्गापुरीका २७ वर्षका प्रदिप योन्जन र मझुवा ४ सिन्धुली २५ वर्षे सरोज मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुसहित गत आइतबार को ३८ प ९६१४ नम्बर पल्सर मोटरसाइकल र को २० प १९४२ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो । प्रहरीले जानकारी दिए अनुसार उक्त मोटरसाइ...
trusted online casino malaysia